गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३३
Dho

गौमुल गाउँपालिकामा एक घरमा आगलागी, लाखौंको क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष १७, २०८०
गौमुल गाउँपालिकामा एक घरमा आगलागी, लाखौंको क्षति

बाजुरा : गौमुल गाउँपालिका–६ चौकामा एक घरमा आगलागी भएको छ । आज बिहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । 

स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । अगेनोमा रहेको आगोलाई बालकले चलाएपछि एकाएक घरमा आगलागी भएको हो । ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा लगाएपछि घरमा आगालागी भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।

आगलागीबाट करिव २ लाख ५० हजार बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट नगद २० हजार सहित घरभित्र रहेका गहना, अन्नपात, लत्ताकपडा, लालपूर्जा, नागरिकता, प्रमाणपत्र लगायत सबै जलेर नष्ट भएका छन् ।

स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट बचेको छ । यसअघि सोही वडाको टुनी टाेलमा समेत एक घरमा आगलागी हुदाँ पूर्ण रुपमा क्षति भएको थियो । 

प्रतिक्रिया