गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०७:१७

एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट निर्वाचन लड्ने, एकल नाम सिफारिस

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष १८, २०८२
एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट निर्वाचन लड्ने, एकल नाम सिफारिस

धनगढी ः नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट लड्ने भएका छन्। क्षेत्र नम्बर-४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए।

उम्मेदवारका लागि भट्टको एकल नाम सिफारिस गरिएको उनले बताए। भट्ट अहिलेसम्म यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आइरहेका छन्। २०६४ पछि अहिलेसम्म चार पटक निर्वाचन लडेका उनले दुई पटक जित र दुई पटक हार बेहोरेका छन्।

भट्ट यसअघि र हाल एमालेका प्रदेशका एक मात्र पदाधिकारी हुन्। ‘उहाँ जत्तिको व्यक्तिले निर्वाचन लड्ने भनेपछि यहाँका नेता-कार्यकर्ताहरू उत्साहित भएका छन्। विकास र समृद्धिका लागि उहाँको उम्मेदवारी आवश्यक छ,’ जिल्ला उपाध्यक्ष शाहीले भने, ‘यसअघि कांग्रेस-माओवादीसहितको गठबन्धन हुँदा पनि थोरै मतले पराजित हुनुभएको हो।

अहिले उहाँले जित्नुहुन्छ।’ अघिल्लो पटक भट्ट पराजित भएपछि यस क्षेत्रको विकास नै प्रभावित भएको भन्दै शाहीले बताए। ‘म पनि यही निर्वाचन क्षेत्रको हुँ। अघिल्लो पटक निर्वाचित नेताले जनअपेक्षाअनुसार काम गर्न सक्नुभएन। अहिले फेरि मतदाताले एमालेलाई नै खोजेका छन्,’ उनले भने।

प्रतिक्रिया