गाैमुल खबर डटकम मङ्गलबार १५, पुष २०८२ १०:०६

धनगढीमा पुस १५ विशेष कार्यक्रम गरिने

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष १४, २०८२
धनगढीमा पुस १५ विशेष कार्यक्रम गरिने

धनगढी ःसुदूरपश्चिमेलीहरूको मौलिक तथा सांस्कृतिक पर्व पुस १५ भोलि धनगढीमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाज र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।

कार्यक्रममा देउडा समूह नृत्य, स्रष्टा वाचन, खुला कविता वाचन तथा बाल कथा वाचनजस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन्। स्थानीय कला, भाषा र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विगत वर्षहरूदेखि पुस १५ मनाउँदै आएको आयोजकले जनाएको छ।

पुस पन्ध्रको सांस्कृतिक महत्वलाई उजागर गर्दै नयाँ पुस्तालाई यस पर्वप्रति जानकारी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया