बाजुरा : भूवा पर्वको अवसरमा बुढीगंगा नगरपालिकाले आगामी आइतवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पौष ६ गते अर्थात आइतवार सार्वजनिक विदा दिने जानकारी दिएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने भुवा पर्वको अवसरमा आइतवार विदा दिने निर्णय भएको बताएका छन् । उनका अनुसार सो दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु १ दिन बन्द रहने भएका छन् ।
बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दशैं तिहार पछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने भूवा पर्व कृष्ण औंसीबाट विधिवत् रुपमा सुरु हुदैँ छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने प्रचलन रहेको छ ।





प्रतिक्रिया