गाैमुल खबर डटकम मङ्गलबार ०१, पुष २०८२ ०७:१७

सुनको मूल्य तोलामा १७ सयले घट्यो, चाँदी बढ्यो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष ०१, २०८२
सुनको मूल्य तोलामा १७ सयले घट्यो, चाँदी बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५९  हजार कायम भएको हो। सोमबार एक तोला सुनको भाउ २ लाख ६० हजार ७०० पुगेको थियो।

सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया