गाैमुल खबर डटकम मङ्गलबार ०१, पुष २०८२ ०४:११

बल्देव रेग्मीले दिए एमाले केन्द्रीय सदस्यको उम्मेदवार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष ०१, २०८२
बल्देव रेग्मीले दिए एमाले केन्द्रीय सदस्यको उम्मेदवार

बाजुरा ः नेकपा एमालेका अनुभवी नेता बल्देव रेग्मी २०५० को दशकदेखि राजनीति क्षेत्रमा सक्रिय छन्। विद्यार्थी राजनीतिभन्दा पार्टी राजनीतिमा चिनिएका रेग्मी संगठन निर्माण र राजनीतिक संघर्षमा निरन्तर योगदान गर्दै आएका नेता हुन्।

बाजुरा जिल्लाबाट राजनीतिक यात्रा सुरु गरेका उनी दुई पटक जिल्ला कमिटी सचिव बनेका छन् र प्रदेश सभा सदस्यसमेत रहिसकेका छन्। प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेका रेग्मीले मन्त्री बन्ने अवसर पाए पनि नेकपा कालखण्डमा ओली र एमाले रोज्दै त्यो अवसर छोडेका थिए।

राजनीतिसँगै बल्देवको व्यक्तिगत जीवन पनि गहिरो छ। उनका दाई, तारा चन्द्र रेग्मी, माओवादी द्वन्द्वकालमा मारिएका थिए, जसले उनको जीवन र राजनीतिक यात्रामा छाप छोडेको छ।

प्रदेश कमिटी उपसचिवको हैसियतमा संसदीय जिम्मेवारी निर्वाह गरिसकेका रेग्मी हाल सुदूरपश्चिम प्रदेश भूगोल सदस्यमा उम्मेदवारी दिएका छन्। पार्टी, संगठन र आन्दोलनमा लामो समय योगदान पुर्‍याएका उनलाई केन्द्रीय कमिटीमा स्वाभाविक दाबी रहेको उनी बताउँछन्।

अनुभव, अडान र सिद्धान्तको संगम बनेका बल्देव रेग्मी आज एमालेभित्र भरोसाको नामका रूपमा स्थापित छन्। उनका कदम पार्टीको नेतृत्व र संगठनलाई मजबुत बनाउने दिशामा अघि बढिरहेका छन्।

प्रतिक्रिया