गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

बालबालिकाको पढाई, लेखाई परिवर्तन गर्न अभिभावकले ध्यान दिनुपर्ने : अध्यक्ष रोकाया

गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष १४, २०८०
बालबालिकाको पढाई, लेखाई परिवर्तन गर्न अभिभावकले ध्यान दिनुपर्ने : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले बालबालिकाको पढाई लेखाईमा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । गाउँपालिका भित्रका विद्यालयमा शैक्षिक क्षेत्रको पछिल्लो अवस्था बुझ्न प्रत्येक विद्यालयमा पुग्नु भएका रोकायाले बालबालिकाको चौर्तफिक विकासमा लाग्नुपर्ने बताएका हुन् । 

हिजोका विद्यालयहरु आज परिवर्तन भईसकेकाले अब बालबालिकाको पढाई लेखाई सुधार गर्न सबै पक्ष लाग्न जरुरी रहेको बताए । बालबालिकाहरु अध्ययन गरेर एक विद्यालयबाट अर्को विद्यालय जाँदा प्रतिस्पर्धा गरेर प्रथम स्थान हासिल गर्ने गरी विद्यालयले उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

गुणस्तरी शिक्षा सुधारका लागि गाउँपालिका र मानव शंसाधन केन्द्र एचआरसी बाजुराको साँझेदारीमा गरेका विभिन्न गतिविधीको संयुक्त अनुगमनका क्रममा बालबालिकाको जग बलियो बनाउँन आधारभूत तहबाटै लाग्न आवश्यक रहेको बताउँदै उच्च शिक्षासम्म पनि अध्ययनमा सफल हुने खालका विद्यार्थी जन्माउन प्रत्येक विद्यालयका शिक्षकलाई आग्रह गरेका थिए । 

अध्यक्ष रोकायाले बालबालिकाको अध्ययनलाई बलियो बनाउँन सर्वप्रथम अभिभावकले ध्यान दिनुपर्ने बताए । उनले भने पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुनुको कारण मान्छेहरु कामको शिलशीलमा बाहिर जान थाले । बाहिर जाँदा आफ्ना बालबालिकाहरु संगै लैजान थाले । जसका कारण यहाँका केही विद्यालय खाली रहने स्थिति देखियो । तर भविष्यमा विस्तारै विद्यालयको गुणस्तर सुधार र शिक्षण शिकाई प्रभावकारी बनाएपछि विद्यार्थी संख्यामा वृद्धि हुने बताएका छन् । 

विद्यालयका भौतिक संरचना निर्माण गरिसकेकाले अझै आवश्यकता अनुसार निर्माण गर्न स्थानीय सरकार तयार रहेको बताउँदै अभिभावकले आफ्ना छोराछोरीलाई काममा भन्दा बढी पढाई तिर ध्यान दिन अध्यक्ष रोकायाले बताएका छन् ।

बालबालिको क्षमता विकासका लागि खेल पनि अतिव्यश्यक हो । तर आफ्ना बालबालिकाले कस्तो खालका खेलहरु लेखिरहेका छन् भन्ने निगरानी सहीत ध्यान दिनुपर्ने दायित्व अभिभावकको रहेको उनको भनाइ छ । 

बालबालिकको चारीत्रिक विकासका लागि राम्रा खेल पनि खेल्न दिनुपर्छ, तर एकै दिन लठ्ठीले पिटेर उनीहरुको दिमाखको वृद्धि विकास नहुने भन्दै त्या सबै कुराहरुमा ध्यान अभिभावकको जानुपर्ने अध्यक्ष रोकायाले बताएका छन् । 

प्रतिक्रिया