गाैमुल खबर डटकम शुक्रबार २६, मङि्सर २०८२ ११:०७

हिमालीमा रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता : युवा राजेन्द्रले गराए मन्त्री खरेलको ध्यानाकर्षण

गाैमुल खबर गाैमुल खबर
बिहीबार, मङि्सर २५, २०८२
हिमालीमा रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता : युवा राजेन्द्रले गराए मन्त्री खरेलको ध्यानाकर्षण

बाजुरा : हिमाली गाउँपालिकाका युवा राजेन्द्र रोकायाले दुर्गमका नागरिकलाई सहज सञ्चार सेवाको पहुँचमा पुर्याउन माग राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

जिल्लामा नेपाल टेलिकम सेवा कमजोर पहुँच र बारम्बार देखिएका अविश्वसनीय अवस्थबारे मन्त्री खरेल समक्ष विभिन्न मागसहित ध्यानाकर्षण गराएका हुन् । हिमाली गाउँपालिकाका धेरै स्थानहरुमा अझैपनि नागरिक सञ्चारको पहुँच भन्दा बाहिर रहेका र तत्काल उक्त समस्याको समाधानका लागि पहल कदमी गर्न उनले मन्त्री समक्ष आग्रह गरेका छन् ।

हिमालीका दुर्गम ठाउँहरुमा रुख चढेर, डाँडाकाँडा उल्किएर फोन गर्नुपर्ने बाध्यता छ ।  नेटवर्क देखिए पनि कल नजाने, ईन्टरनेट कहिले आउने कहिले नआउने निरन्तरको समस्याले नागरिकले धेरै सास्ती खेप्नु परिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ईन्टरनेट नचल्दा सरकारी तथा सामुदायिक सेवा, स्वास्थ्य संस्था, बैंक–वित्तीय संस्था, सञ्चारकर्मी, विद्यार्थी र आमनागरिकको दैनिकी नै प्रभावित बनेको छ । विशेषगरी आपतकालीन अवस्थामा समेत सम्पर्क गर्न नसक्ने जोखिम बढ्दै जाँदा स्थानीय बासिन्दाहरू अत्यन्तै पीडित रहेकाले उक्त समस्याको समाधान गरिदिन आग्रह गरिएको छ । 

त्यस्तै समस्याको दीर्घकालीन समाधानका लागि सेवामा देखिएका प्राविधिक समस्या तुरुन्त पहिचान र मोबाइल सेवा सुधारका लागि स्थायी पूर्वाधार सुदृढीकरण नियमित अनुगमन तथा व्यवस्थापनको औपचारिक माग गरेका छन् । बाजुराको सूचना–सञ्चार पहुँच सुधार अब अत्यावश्यक आवश्यकता बनेको छ । र मन्त्रालयले यसतर्फ छिटो कदम चाल्ने विश्वास लिएको रोकायाले बताएका छन् ।

प्रतिक्रिया