बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा जिप दुर्घटना भएको छ । सोही गाउँपालिकाको वडा नं.५ जेरा खड्केनीमा दुर्घटना भएको हो ।
छहरा भन्ने स्थानमा बा १४ च ८८२ नम्बरको जिप अनियन्त्रित भई सडकमै पल्टिएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको बताईएको छ । जिप दुर्घटनाको विषयमा प्रारम्भिक जानकारी लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





प्रतिक्रिया