गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

कृषि मेलामा सहकार्य गर्ने ३ गैरसरकारी संस्थालाई प्रशंसा–पत्र सहीतले सम्मान

गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष १४, २०८०
कृषि मेलामा सहकार्य गर्ने ३ गैरसरकारी संस्थालाई प्रशंसा–पत्र सहीतले सम्मान

बाजुरा : गौमुल गाउँपालिकाले कृषि मेलमा सहकार्य गर्ने गैरसरकारी संस्थालाई सम्मान गरिएको छ । कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कृषि मेलामा सहकार्य गर्ने ३ संघसंस्थालाई प्रशंसा प्रत्र सहीतले सम्मान गरेको हो ।

विहीबार वृहत कृषि तथा खाद्य मेला प्रर्दशनीमा मेलामा आर्थिकदेखि भौतिक रुपमा सहयोग गर्ने गौमुल गाउँपालिकामा लागु आईएनएफ, नेपाल, सहकर्मी समाज नेपाल, मानव संसाधन केन्द्र एचआरसी बाजुरालाई प्रशंसाप्रत्र प्रदान गरिएको थियो । 

उक्त संस्थाले गाउँपालिकाको समन्वय तथा सहजीकरणमा उत्कृष्ट कृषकलाई पुरस्कारको पनि व्यवस्था गरेको थियो । कृषि क्षेत्रमा गरिएको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ ।

कृषि मेलामा प्रशंसापत्र गाउँपालिका उपाध्यक्ष सीता थापाले हस्तान्त्रण गरेको थिइन् । कृषि मेलमा कृषकलाई कृषि सामाग्री उपलब्ध गरिएको थियो । मेलामा दर्ता गरिएका सबै बाली मध्ये छनौटमा परेको कृषकरुहलाई कृषि सामाग्री उपलब्ध गरिएको हो ।

गाउँपालिका लागु रहेका परियोजना सहकर्मी समाज नेपालले गाउँपालिका र जनताविचको सहकार्य तथा समन्वय बढाउने, सामुदाय स्तरमा जनचेतना र आत्मनिर्भर बढाउने लगायत कृषि क्षेत्रमा काम गर्दै आईरहेका छ । भने आईएनएफ नेपालले कृषि, शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, जलवायु परिवर्तन, विपद्को क्षेत्रमा काम गरिरहेको छ ।

त्यस्तै एचआरसी बाजुराले शिक्षा, कृषि क्षेत्र, व्यवसायीक मुलक बनाउने काम गर्दै आईरहेको छ । कार्यक्रममा प्रशंसा पत्र हस्तान्त्रण गर्दै गाउँपालिका उपाध्यक्ष सीता थापाले आगामीक दिनमा पनि हेरक क्रियाकलापमा सहकार्य, समन्वय र सहजीकरण निरन्तर हुने विश्वस व्यक्त गरेकी छन् ।  

प्रतिक्रिया