गाैमुल खबर डटकम बिहीबार २५, मङि्सर २०८२ ०७:४२

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर २२, २०८२
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

बाजुरा :  नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडीमा हुने भएको छ । यही मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।

एकीकृत समाजवादी, नेकपा माओवादीसहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको पार्टीका नेता प्रकाशबहादुर शाहले जानकारी जानकारी दिए । पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको शाहले बताए ।

शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहनेगरी ५१ सदस्यीय मूल समिति गठन समेत गरिएको छ । बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ ।

जनपरिचालन उपसमितिमा पार्टीका नेता कर्णबहादुर विक संयोजक रहनेगरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् । मञ्च व्यवस्थापन उपसमितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ । भने प्रचार प्रसार उपसमितिमा अनिल शाही संयोजक रहनेगरी सात सदस्यीय उपसमिति गठन गरिएको छ । साँस्कृतिक परिचालन उपसमितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् ।

स्वयंसेवक परिचालन उपसमितिमा पुर रावत संयोजक रहनेगरी पाँच सदस्यीय उपसमिति गठन भएको छ । अतिथि सत्कार उपसमितिमा कमलकुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ भने खाद्य व्यवस्थापन उपसमितिमा चन्द्र थापा संयोजक रहनेगरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उपसमितिमा किशोर खड्का संयोजक रहनेगरी उपसमिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया