बाजुरा ः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा दुई करोड ३६ लाख ६० हजार ३२६ रुपैयाँ खर्च गरेर चार वर्षअघि क्याम्पसका लागि निर्माण गरिएका सरकारी भवन आजसम्म प्रयोगमा आउन सकेका छैनन् ।
प्रयोगविहीन बनेका यी भवन अहिले जीर्ण अवस्थामा पुगेका छन् भने दुवै स्थानीयले गोठका रूपमा प्रयोग गर्न थालेका छन् ।
गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्यचौकी सञ्चालन गर्ने प्रयास गरेपनि तल्लो र माथिल्लो जुकोटबीचको विवाद तथा स्थानीयको असहमतिका कारण भवन प्रयोगमा आउन नसकेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
शम्भुसुनन्दा माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा बनेका भवनमा विद्यालय सार्न समेत स्थानीयले अस्वीकार गरेका छन् । अध्यक्ष रोकायाका अनुसार भवन सञ्चालनका लागि अहिले सम्बन्धित सबै पक्षसँग छलफल भइरहेको छ ।


प्रतिक्रिया