गाैमुल खबर डटकम बिहीबार २९, माघ २०८२ ०९:०३

गौमुल-३ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम सहित सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर १७, २०८२
गौमुल-३ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम सहित सम्पन्न

बाजुरा ःलैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गौमुल गाउँपालिका-३ मा १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।

आज वडा कार्यालयको केन्द्र माझपालीमा आयोजित औपचारिक कार्यक्रममा वडाध्यक्ष गोरख बोहराले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिएका छन् ।

अभियानका अवसरमा वडामा टोल–स्तरीय हाजिरीजवाफ तथा बृहत् डेउडा प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा प्रथम माझपाली टोल, द्वितीय बेहरी टोल र तृतीय धल्काँडा टोल भएका छन् ।

वडाध्यक्ष बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा प्रमुख अतिथि रहेकी थिइन् । कार्यपालिका सदस्य कौशल विक, वडा सदस्य नर्मा विक र भानबहादुर धामी अतिथि रहेका थिए ।

कार्यक्रममा उपाध्यक्ष थापाले लैंगिक, जातीय तथा सामाजिक विभेद केही हदसम्म कम भए पनि अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउँदै हिंसामुक्त समाज निर्माणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

वडाध्यक्ष बोहराले समाज सचेत हुँदै गएको भए पनि सोच परिवर्तनको गति अझै ढिलो रहेको बताएका छन् । कार्यक्रममा ३ सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । यस वर्ष “प्रविधिको सही सदुपयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया