गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:०५

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर १७, २०८२
बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

बाजुरा ः बाजुरामा आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका छन् । मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदानस्थल स्थापना गरेको हो ।

स्वामीकार्तिक खापर गाउँपालिका-१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.-३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल राखिएको छ। बुढीनन्दा नगरपालिका-३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका-१ मा शुनन्दा आवि बाम, वडा नं.-५ कुलामष्टाजन आवि क्युरी र वडा नं.-६ खोलीकोट आवि पाडीमा पनि नयाँ मतदानस्थल थपिएका छन् ।

योसँगै जिल्लामा मतदानस्थलको संख्या ७७ पुगेको छ भने मतदान केन्द्र ११२ रहेका छन् । साथै, जिल्लाभित्र ६ मतदानस्थल स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिए ।

उनका अनुसार बुढीनन्दा–३ को सिराडी मतदानस्थल कालीका मावि भुलेनामा तथा त्रिवेणी-८ को नवदुर्गा आवि झालगाउँ ढडाली स्वास्थ्य केन्द्रमा सारिएको छ । बुढीगंगा नगरपालिका-२, ३, ५ र ९ का मतदानस्थल सम्बन्धित वडाको कार्यालयमा सारिएका छन् ।

आगामी निर्वाचनमा मतदाताको पहुँच सहज बनाउन देशभरका मतदानस्थलहरूको पुनरावलोकन गरिएको आयोगले जनाएको छ । बाजुरामा हाल ८६ हजार ५५७ मतदाता रहेका छन्, जसमा महिला ४१ हजार ९२०, पुरुष ४४ हजार ५३५ र अन्य २ जना छन् । असोज १० देखि मंसिर ५ गतेसम्म जिल्लामा १ हजार ५१६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया