गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ११:१७

गौमलका २५ जना कृषकलाई तरकारी खेतीका लागि एचआरसीले दियो टनेल

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर १६, २०८२
गौमलका २५ जना कृषकलाई तरकारी खेतीका लागि एचआरसीले दियो टनेल

बाजुरा : गौमुल गाउँपालिकाका २ वटा वडाका कृषकहरुलाई टनेल सहयोग गरिएको छ । पालिकाको समन्वय, वि.एम.जेट. टि.डी.एच जर्मनको आर्थिक सहयोग र मान शंसाधन केन्द एचआरसीद्धारा सञ्चालित बालबालिकाका लागि शैक्षिक न्याय तथा सम्मान अवसर परियोजनाले टनेल सहयोग गरेको हो ।

व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका वडा नं.६ को प्रगतिशील कृषक समूहका १२, वडा नं.४ को ग्रामीण महिला कृषक समूहका १३ जना गरी जम्मा २५ जना कृषकलाई प्लास्टिक टनेल सहयोग गरिएको जिवोकोपार्जन परियोजना अधिकृत अर्जुन शाहीले जानकारी दिएका छन् । 

लामो समयदेखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि प्लास्टिक टनेल सहयोग गरिएको उनले बताए । मङ्गलबार पालिकाको केन्द्र घट्मुनामा वडा नं.६ का वडाध्यक्ष प्रकाश बहादुर रोकायाले कृषकलाई टनेल हस्तान्त्रण गरेका हुन् ।

टनेल हस्तान्त्ररण कार्यक्रममा वडाध्यक्ष रोकायाले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै आत्मनिर्भर हुने गरी तरकारी फलाउँन कृषलाई सुझाव दिएका छन् । महिलाहरुले हरेक क्षेत्रमा अघि बढ्न सके आयआर्जनमा फड्को मार्न सकिने बताउँदै सहयोग गरिएका सामाग्री र सिपलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

टनेल पाएका कृषकले बेमौसमी तरकारी फलाउनमा सहयोग पुग्नुको साथै आयआर्जनमा टेवा पुग्ने बताएका छन् । उनीहरुलाई केही दिनमै टनेल बनाउने सीप र तरकारी उत्पादन सम्बन्धि तालिम पनि प्रदान गरिने भएको छ ।

तरकारी टनेल पाएपछि कृषक निकै उत्साहित भएका छन् । सहयोग कार्यक्रममा वडाध्यक्ष प्रकाश बहादुर रोकाया, जिविकोपार्जन परियोजना अधिकृत अर्जुन शाही, रेडियो गौमुलका समाचार प्रमुख प्रमित विक, एआरसी सामाजिक परिचालक प्रतिक्षा शाही र मोहन रोकाया लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया