बाजुरा ःजिल्ला प्रशासन कार्यालय बाजुराको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रूपमा डोरेन्द्र निरौलाले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच उनले पूर्व निमित्त प्रजिअबाट पद तथा जिम्मेवारी ग्रहण गर्दै बाजुराको प्रशासकीय नेतृत्व सम्हालेका हुन् । कार्यक्रममा सुरक्षाका अधिकारी, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नयाँ प्रजिअ निरौलाले कानुन शासनको पालना, सुशासन, सेवाग्राहीमैत्री प्रशासन र समन्वयकारी भूमिकालाई प्राथमिकता सहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बाजुरा जिल्लाको विकास, सुरक्षा तथा प्रशासनिक सुधारका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
प्रजिअ निरौलाले जिल्लामा रहेका विभिन्न चुनौती समाधान गर्न सबै पक्षको सुझाव, साथ र सहकार्य अत्यावश्यक हुने उल्लेख गर्दै, कार्यालयले दिनुपर्ने सेवा प्रभावकारी बनाउने आश्वासन दिएका छन् । यससँगै बाजुराको प्रशासनिक नेतृत्व औपचारिक रूपमा नयाँ ढंगले अघि बढेको छ ।





प्रतिक्रिया