बाजुरा ः गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेशप्रसाद पौडेलको सरुवा गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीका अनुसार पौडेललाई दुई महिना १५ दिनमै बाजुराबाट फिर्ता गरी पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको हो ।
पौडेलको स्थानमा जिल्ला प्रशासन कार्यालय झापामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत डोरेन्द्र निरौलालाई बाजुराको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको पराजुलीले जानकारी दिएका छन् । बाजुरा जिल्लामा उपसचिवले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो ।



प्रतिक्रिया