बाजुरा ःनेकपा (एमाले) का युवा नेता नरेशकुमार रोकायाले जेन-जी आन्दोलनका जायज र वैध मागहरूलाई तोडमोड गर्दै बाह्य शक्तिले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
एमालेले देशभर सञ्चालन गरिरहेको ‘जनपरिचालन अभियान’ अन्तर्गत बाजुराको सदरमुकाम मार्तडीमा आयोजित विशाल जनसभामा बोल्दै रोकायाले भने, “जेन-जीका आवाजहरू परिवर्तनको माग हो, तर त्यसमा विदेशी खेल-तमासाले हस्तक्षेप गरेर आन्दोलनलाई भ्रामक दिशातिर धकेलियो ।
कलिला युवाहरूलाई भ्रममा राखेर देश अशान्त बनाउन खोजियो ।” उनका अनुसार, जेन-जीको आन्दोलन नेपाली युवाको रोजगारी, समावेशी नीति, लगानीमैत्री वातावरण र अवसरका मागको आवाज थियो ।
“तर बाहिरी चासोले त्यो हाइज्याक गरेको आरोप लगाए,” रोकायाले युवालाई सम्बोधन गर्दै थपे “अब त्यो भ्रमबाट युवाहरूलाई निकाल्ने, जेन-जीले उठाएका प्रत्येक मागलाई नीति, कार्यक्रम र प्रत्यक्ष समाधानमा रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी एमालेले लिन्छ।
आन्दोलनले मागेको परिवर्तन सडकमा होइन-नीतिमा, रोजगारीमा र अवसरमा देखिनेछ ।” उनले युवा पुस्तालाई आशा, अवसर र नेतृत्वमा सहभागी गराउने वातावरण निर्माण गर्न एमाले प्रतिवद्ध रहेको भन्दै राजनीतिक भ्रममा नपरी आफ्नै भविष्य निर्माणमा सक्रिय सहभागिताका लागि आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया