बाजुरा ः नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य सहदेव बोगटीले मुलुकमा उत्पन्न अस्थिरता र अराजकताका घटनाहरू ‘नेपाली जनताद्वारा नभई बाह्य शक्ति र त्यसका आन्तरिक सहयोगीहरूले योजनाबद्ध रूपमा गराइएका’ रहेको दाबी गरेका छन् ।
शुक्रबार एमालेले देशभर सञ्चालन गरिरहेको ‘जनपरिचालन अभियान’अन्तर्गत बाजुराको मार्तडीमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै बोगटीले हालै देशका विभिन्न क्षेत्रमा देखिएको अशान्ति र अव्यवस्थाका गतिविधिहरूमा केही शीर्ष नेताहरूको मौन समर्थन रहेको आरोप लगाएका छन् ।
उनका अनुसार, “देश जलाउनेहरू नेपाली हुनै सक्दैनन् । बाहिरबाट निर्देशन आउने हुँदा यस्तो स्थिति सिर्जना भएको हो । त्यो अराजकतामा प्रचण्डहरू जिम्मेवार जस्तै देखिन थालेका छन्,” भन्दै उनले विगतका घटनाको अनुसन्धान अघि बढाउन दबाब दिएका छन् ।
बोगटीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशीला कार्की, सुदन किराँती र काठमाडौं महानगरका मेयर बालेन शाह लगायतका नाम उल्लेख गर्दै, देश दिगो अस्थिरतातर्फ धकेलिएको कारण के-कसले भूमिका खेले भन्नेबारे छानबिन गर्नुपर्छ भन्ने माग दोहोर्याएका छन् ।
एमाले नेता बोगटीले जनसभामा सहभागी भीडलाई सम्बोधन गर्दै पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानले जनताको विश्वास पुनः हासिल गर्ने र देशलाई स्थिरतामा ल्याउने उद्देश्य रहेको पनि बताए । उनले सरकारले जनचासोका विषयमा ध्यान नदिएको र जनतामा निराशा बाढ्दै गएको आरोप पनि लगाएका छन् ।





प्रतिक्रिया