गाैमुल खबर डटकम सोमबार २२, मङि्सर २०८२ ०३:४५

राणा र राजा फाल्दा पनि राष्ट्रिय संरचना ध्वस्त भएन : एमाले नेता सिंह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक २५, २०८२
राणा र राजा फाल्दा पनि राष्ट्रिय संरचना ध्वस्त भएन : एमाले नेता सिंह

बाजुरा ः नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलकबहादुर सिंहले राणा र राजा फाल्दा पनि राष्ट्रिय संरचना ध्वस्त नभएको तर जनजी आन्दोलनका नाममा संरचना ध्वस्त पारिएको आरोप लगाएका छन् ।

मंगलबार गौमुल गाउँ कमिटीले आयोजना गरेको “जनपरिचालन तथा जनसभा कार्यक्रम” लाई सम्बोधन गर्दै सिंहले इतिहासका विभिन्न परिवर्तनका समयमा पनि राष्ट्रिय संरचना जोगिएको तर पछिल्ला आन्दोलनका नाममा त्यसमा गम्भीर आघात पु¥याइएको बताएका हुन् ।

उनका अनुसार, “२००७ सालमा राणा शासन हटाउँदा पनि राष्ट्रिय संरचना जोगिएको थियो। तर जनजी आन्दोलनका नाममा अन्य शक्तिहरूले देशको मौलिक संरचना ध्वस्त पारे ।”

सिंहले जेनजी आन्दोलनका मूल मागहरु सुशासन र भ्रष्टाचार नियन्त्रण उचित भए पनि त्यसभित्र अन्य स्वार्थी चलखेल भएको दाबी गरे ।

उनले फागुन २१ गतेका लागि तोकिएको चुनावलाई हालको सरकारले नाटकको रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै, “यो सरकारको व्यवस्थापन कमजोर भएकाले कुनै पनि हालतमा चुनाव सम्भव छैन,” भन्दै प्रष्ट पारे ।
 

प्रतिक्रिया