बाजुरा ःसंसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले बाजुराका सबै नौवटै स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । देशभरका पालिकामा एमाले कार्यकर्ताले प्रदर्शन गर्दै संसद पुनर्स्थापनाको माग सहित सभा तथा र्याली सञ्चालन गरिरहेका छन् ।
एमालेले पार्टीको महाधिवेशनलाई लक्षित गर्दै “जनपरिचालन तथा जनसभा कार्यक्रम” सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार सबै पालिका कमिटीहरूलाई भेला र प्रदर्शन गर्न निर्देशन दिइएको एमाले बाजुराका उपसचिव हरिबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनका क्रममा कार्यकर्ताहरूले संसद पुनर्स्थापनाका नारा लगाउँदै सरकारको असंवैधानिक कदम विरुद्ध विरोध जनाएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो । एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन जारी राखेको छ ।
गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलकबहादुर सिंह रहेका थिए । त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका उपसचिव हरिबहादुर रोकाया, सचिवालय सदस्य तुलसीराम रोकाया विशिष्ट अतिथिको रुपमा सहभागि बनेका हुन् ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य गोरख बोहरा, देव रोकाया, अमर विक, देवेन्द्र रोकाया, गीता रोकाया, शान्ति विक, पूर्व जिल्ला कमिटी सदस्य वीरेन्द्र रोकाया, मैना चदाँरा अतिथि रहेका थिए ।
उक्त जनपरिचालन तथा जनसभा कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सचिव लक्ष्मण रोकाया, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति संगठन विभाग उपप्रमुख रमित विक, अनेरास्ववियु जिल्ला कमिटी पूर्व सचिव हिक्मत रोकाया लगायतको उपस्थिति थियो ।
गाउँ कमिटी उपाध्यक्ष वीरेन्द्र बोहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव धनबहादुर बोहराले गरेको कार्यक्रम २ सय ५० बढी नेता तथा कार्यकर्ता सहभागि थिए ।




प्रतिक्रिया