काठमाडौं ःमाओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित एकतापछि बनेको नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।
आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
प्रचण्ड निवासमा भएको छलफलमा प्रचण्ड माधवले भीम रावललाई छिट्टै नेकपामा आउन आग्रह गरेका थिए । ‘चाडै आउनुहोस्, हामीलाई राम्रो हुन्छ, आन्दोलनलाई पनि राम्रो हुन्छ ’ प्रचण्डले रावललाई आग्रह गर्दै भने ।
‘तपाईँहरूको कुराप्रति म सकारात्मक छु । मेरो साथीहरूसँग कुरा गर्छु’ रावलले जवाफ दिए । उनीहरुबीच एक साता भित्रै मातृभूमि जागरण अभियानलाई पनि नेकपामा समाहित गर्ने करिब सहमति जुटेको छ ।
मर्यादा क्रमको विषयमा पूर्व प्रधानमन्त्रीहरू पछि रहेका पूर्वउपप्रधानमन्त्रीहरूसँगै रहने विषयमा छलफल भएको ती नेताले जानकारी दिए ।
‘झलनाथ खनालपछि नारायणकाजी, बामदेवहरूसँगै उहाँको मर्यादाक्रमको विषयमा कुरा भएको छ त्यसमा उहाँले सकारात्मक भएको बताउँदै आफ्ना साथीहरूसँग छलफल गर्ने भन्नु भएको छ’ बैठक लगत्तै ती नेताले भने ।
आज पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, भीम रावलसहित भानुभक्त जोशी, शेरबहादुर कुवर, प्रकाश ज्वालासहितका सुदूरपश्चिम र कर्णालीका केही नेताहरू उपस्थित थिए । करिब ४ बजेदेखि २ घण्टासम्म भएको छलफलमा प्रचण्ड माधवसँग मिसिन रावल सहमत भएका हुन् ।





प्रतिक्रिया