बाजुरा ः प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) ले देशव्यापी जनपरिचालन अभियान सञ्चालन गरेको छ । यसैबीच गौमुल गाउँपालिकामा समेत सबै वडाहरूमा एकै साथ असंवैधानिक सरकार र प्रतिगामी षड्यन्त्र विरूद्ध जनप्रर्दशन तथा जनभेला आयोजना गरिएका छन् ।
सोही अनुसार वडा नम्बर ५ को वडा कमिीटले पनि औपचारिक कार्यक्रमको आयोजना गरेको हो । वडा कमिटी अध्यक्ष पदमबहादुर रोकाया अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह प्रमुख अतिथि रहेका हुन् ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य शान्ति विक, गाउँ कमिटी सदस्य रामबहादुर रोकाया, खिना बुढा, रामे रोकाया र रमना रोकाया रोकाया विशिष्ट अतिथिको रुपमा सहभागी बनेका हुन् । वडा कमिटी सचिव प्रकाश रोकायाले सञ्चालन गरेको कार्यक्रममा नेता तथा अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यस्तै वडा नम्बर १ अम्लिसमा पनि कार्यक्रम आयोजना गरिएको हो । वडा कमिटी अध्यक्ष बिनोद कुमार रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज देवेन्द्र रोकाया रहेका थिए ।
उक्त गाउँ कार्यक्रममा गाउँ कमिटी सचिव धनबहादुर बोहरा, पूर्व अनुरोस्ववियु सचिव हिक्मत रोकाया लगायत पार्टीका आस्थावान नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमका अवसरमा २०४६ सालदेखि वडामा एमालेको बाहुल्यता रहेका कारण जेनजी आन्दोलनको कुनै प्रभाव नपरेकोले सत्तामा रहेका जनप्रतिनिधिले जनतालाई विकास अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै वडा नम्बर २ मा समेत कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष प्रेम रोकायाको अध्यक्षतामा सञ्चालन प्रमुख अतिथि वडा इन्चार्ज एवंम् जिल्ला कमिटी सदस्य देवबहादुर रोकाया, अनेरास्ववियु जिल्ला कमिटी सचिव लक्ष्मण रोकाया, गाउँ कमिटीका सदस्य लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थिए ।
सोही कार्यक्रम वडा नम्बर ३ मा समेत सम्पन्न भएको छ । वडा कमिटी उपसचिव नरबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज गोरख बोहरा, जिल्ला कमिटी सदस्य राजिव रोकाया, गाउँ कमिटी उपाध्यक्ष वीरेन्द्र बोहरा, युवा संघका मनोज बोहरा लगायतको सहभागीता रहेको थियो ।
प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै वडा नम्बर ४ मा समेत भव्य कार्यक्रमको आयोजनाका साथ सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष कर्ण बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अमर विक रहेका हुन् । कार्यक्रममा पूर्व जिल्ला कमिटी सचिवालय सदस्य वीरेन्द्र रोकाया, गाउँ कमिटी, वडा कमिटीका लगायतका नेता कार्यकर्ता सामेल भएका थिए ।
सोही अन्तर्गत वडा नम्बर ६ मा पनि कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी सचिव तिलक विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य गीता रोकाया, गाउँ कमिटी उपसचिव कलक रोकाया, गाउँ कमिटी सचिवालय सदस्य प्रकाश रोकाया लगायतको उपस्थिति रहेको थियो ।
यसअघि पार्टीको केन्द्रीय सचिवालय बैठकले यस अभियान अन्तर्गत देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कात्तिक २२ गते जनभेला आयोजना गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया