बाजुरा ःपत्रकार तथा शिक्षक नहकुल जोशीलाई शम्भुनाथ बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखको जिम्मेवारी दिईएको छ । हालै मान्यता प्राप्त उक्त क्याम्पसको प्रमुखमा जोशीलाई जिम्मेवारी दिईएको हो ।
विगत लामो समय देखि पत्रकारिता क्षेत्रबाट उदाएका जोशी हाल स्थायी शिक्षक हुँदै यतिबेला क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् ।
उहाँ स्वामीकार्तिक खापर गाउँपालिकाको स्थानीय बासिन्दा समेत हुन् । लामो समयको प्रयासपछि गाउँपालिकाको केन्द्र वाईमा क्याम्पस स्थापना भई मान्यता प्राप्त गरेपछी जोशीले उक्त क्याम्पसमा पहिलो क्याम्पस प्रमुखको जिम्मेवारी पाएका हुन ।
शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना भएपछि स्वामीकार्तिक सहित दुर्गम गाउँका विद्यार्थीहरु गाउँमै उच्च शिक्षा हाँसिल गर्न पाउने भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका लगायत त्यहाँका स्थानीय नागरिकहरुको सहयोग, समन्वय र लामाे प्रयासपछि क्याम्पस स्थापना गरी सञ्चालनमा आएको हो ।





प्रतिक्रिया