गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३८
Dho

बाजुरामा महिलाको सक्रियता बढ्दै

pramit bk pramit bk
आइतबार, पुष ०८, २०८०
बाजुरामा महिलाको सक्रियता बढ्दै

बाजुरा : गौमुल गाउँपालिका–३ आलाकी सुर्जा विक उमेरले ४५ वर्षकी पुगिन्, विक सामाजिक कार्यमा निकै सक्रिय छन् । गाउँका महिलालाई एकता गरेर सामाजिक कार्यदेखि कृषि कर्म गरिराख्नु भएको छ ।

आफ्नो पालामा घरको काममा मात्रै बेस्त भईन्थ्यो, गाउँमा महिलाको एकता र सहभागिता कमै हुन्थ्यो । त्याबेला एकता, सहभागिता र सक्रियताले परिवर्तन भईन्छ भन्ने आफूलाई जानकारी पनि थिएन् । आफूलाई विभिन्न काम गर्न चासो भएपनि जानकारी र सहभागिताबाट बञ्चित हुँदा कुनै कुराको थाहा हुदैन् थियो । 

त्यतिबेला सक्रियता गराउने र हौसला प्रदान गर्ने कुनै निकाय थिएन् । तर आजभोली भने निकै सहजता भएको विक सुनाउनु हुन्छ । गाउँ–गाउँमा गैरसरकारी संस्थाहरु लागु भएपछि महिलाका हक हित, एकता र सहभागिताका बारेमा जानकारी पाएको विकले बताईन् । विक एक प्रतिनिधी पात्र मात्रै हुन् यस्ता समस्याले धेरै महिलाहरु पछाडी परिरहेकी छन् । पछिल्लो समय भने महिलाको नेतृत्व विकासमा परिवर्तन ल्याउन संस्थाहरुले प्रत्येक टोल टोलमा समूह निर्माण गरेपछि क्षमता विकास भएको छ ।

एचआरसी नामक संस्थाले महिलाको क्षमता विकास र आत्मनिर्भर बनाउन टोलमै समूह निर्माण गरी अवश्यकता अनुसारका सामाग्री दिएपछि महिलाको सक्रियता बढ्दै गएको देखिन्छ । समुदाय स्तरमै कृषि समूह, महिला समूह, आमा समूह गठन गरिएका छन् । कुनैबेला आआफ्नै कामकाजमै बेस्त रहने महिलाहरु समूह गठनपछि एकता र सत्रियतामा विकास भएको छ । एकता मात्रै होइन् नेतृत्व विकास र आत्मनिर्भर बन्न सक्ने क्षमताको पनि वृद्धि भएको छ । 

चुलो चौकोमै सिमित हुने बाजुराका महिलाहरु पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय छन् । समूह निर्माणले बोल्ने क्षमताको विकासंगै महिला सहभागिताको संख्यामा वृद्धि भईरहको छ । आत्मनिर्भर बन्न टोलमा समूह निर्माण गरी वचत पनि गर्ने गरेका छन् । भने तरकारी फलाउने, बस्तीको सरसफाई गर्ने, भौतिक संरचनाको संरक्षण र मर्मत गर्ने लगायतका कार्यमा महिलाहरु नै बढी सक्रिय छन् ।

महिलालाई कुनै समस्याको पर्दा समस्याको समाधान गर्न प्रत्यके महिनाको एकचोटी बचत भर्ने गरिन्छ । भने उक्त बचत गरिएको रुपैयाँ समस्याको समाधान गर्न र व्यवसायीबाट आत्मनिर्भर चाहाने महिलाहरुलाई ऋण दिने पनि गरिएको गरिन्छ । समूह निर्माणले आफुहरुलाई धेरै कुराको ज्ञान प्राप्त भएको गौमुल गाउँपालिका–३ आला महिला समूहकी अध्यक्ष धारणा रोकायाले बताएकी छन् ।

यसअघि कुनै सामाजिक कार्यमा छुट्टा छुट्टै देखिने महिलाहरु अहिले समूहमा आवद्धसंगै एकता भएर काम गर्नथालेका छन् । यति मात्रै होइन् महिलाको व्यक्तित्व विकास समेत हुँदै गएको छ । कार्यक्रम अथवा नयाँ कार्यमा सभागिता गराउन खोज्दा लुक्ने, भाग्ने गरेका जिल्लाका ग्रामीण भेगका महिलाहरु पछिल्लो समय सक्षम बनेका छन् ।

सामाजिक कार्यमा सहभागि नभएका महिलाहरु समूह सञ्चालनसंगै बोल्ने सक्ने, तालिममा सहभागि हुने विकास निर्माण कार्यहरुमा लाग्न समेत थालेका छन् । घर खर्च चलाउन समेत श्रीमान र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु समुह निर्माणले आर्थिक रुपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

समूहकै गतिविधीका कारण धेरै महिलाको नेतृत्व क्षमताको विकास भएको छ, भने आयआर्जन गर्न पनि आफै सक्षम भईरहेका छन् । शुक्रबार एचआरसीद्धारा महिलाको क्षमता विकास र आत्मनिर्भर बनाउन सहयोग गरिएका सामाग्रीको प्रयोग त्यसको प्रभावकारीका बारेमा गाउ“पालिका अध्यक्ष हरीबहादुर रोकायकाको संयोजकत्वमा अनुगमन सहीत महिला समूहसंग संवाद तथा छलफल गरिएको थियो ।

अनुगमनका क्रममा पछिल्लो समय महिलाको क्षमतामा धेरै परिवर्तन भईरहेको  बताएका छन् । यसअघि हुँदै आएको महिला नेतृत्व विहीनको अवस्था अन्त्य पनि हुदै गएको छ । विभिन्न गैरसरकारी संस्थासंगको सहजीकरणमा गरिएका राम्रा अभ्यासले सक्रियता र सक्षमतामा विकास भएको देखिएको छ । 

केही वर्षयता महिलाहरू संघसंस्था हुँदै वडा र जिल्ला तहको राजनीतिक नेतृत्वसम्म पुग्न सफल भएको र महिलाहरूलाई नेतृत्व गर्ने शैली, बोल्ने क्षमतामा पनि विकास भएको अध्यक्ष रोकायाले बताएका छन् । 
 

प्रतिक्रिया