काठमाडौं : माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका नेताहरू पनि विभाजित भएका छन् । पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल-घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् ।
तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्र सहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता-कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।
पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको पुष्टि गरे । ‘कसैले हाम्रो टाउको गन्ती नगरे हुन्छ, हामी कसैका पछि लागेका छैनौं, अब एमालेमा फर्किने हो’, उनले भने ।





प्रतिक्रिया