गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:३१

बाजुरामा यात्रुबाहक बस दुर्घटना : २५ जना घाइते

गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक १५, २०८२
बाजुरामा यात्रुबाहक बस दुर्घटना : २५ जना घाइते

बाजुरा : बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ७ साँफे मार्तडी सडक खण्ड अन्र्तगत स्यालकाँटिया भन्ने ठाउँमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

कोल्टीेदेखि धनगढी जाँदै गरेको सु.प.प्र.०१००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चालकसहित २६ जना सवार रहेका थिए । घाइते २३ जनाको जिल्ला अस्पताल मार्तडीमा र २ जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराल बताएको छ । 

घाइते सबैको नाम भने खुल्न सकेको छैन् । घाइते केहीको अवस्था सामान्य र केहीको अवस्था जटिल रहेको जिल्ला अस्पताल बाजुराका डाक्टर निर्पराज गिरीले बताएका छन् । उनकाअनुसार गम्भीर घाइते ३/४ जनालाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ ।   

बाजुरामा यात्रुबाहक बस दुर्घटना : २५ जना घाइते

प्रतिक्रिया