बाजुरा : बाजुरामा बस दुर्घटना भएको छ । कोल्टीबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस बुढीनन्दा नगरपालिका ७ सास्ता भन्ने ठाउँमा दुर्घटना भएको हो ।
बुढीनन्दा नगरपालिकास्थित कोल्टी बजारबाट धनगढीका लागि छुटेको जिल्ला सदरमुकम मार्तडी तर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन् । अहिले प्रहरीको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया