गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ११:५७

भीरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

बैतडी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक १३, २०८२
भीरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

बैतडी ः भीरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउँद र डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको हो।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।

उहाँका अनुसार शिवनाथ-६ ओल्या भीर भन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो। इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बुधबारदेखि हराइरहनुभएकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडुले जानकारी दिए। न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उहाँको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया