गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ १०:०७

महिलाले गरिन् श्रीमानको हत्या

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक ०९, २०८२
महिलाले गरिन् श्रीमानको हत्या

बाजुरा ः कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति जोशिपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान्  ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाको हत्या भएको बताए । श्रीमती सुनिताको हतौडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएको थियो ।

कठरीयाको उपचारका क्रममा शनिबार राती नै मृत्युु भएको उनले बताए । हतौडा प्रहार गरेर श्रीमान् को हत्या गरेको अभियोगमा उनकी श्रीमतीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबीचको विवादको कारण भने खुलेको छैन् । कठरीयाको शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।
 

प्रतिक्रिया