गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ ०९:४७

एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक ०८, २०८२
एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान जारी मौसम बुलेटिनमा पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने उल्लेख छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ। मौसदविद्का अनुसार बंगालको खाडीमा विकसित भइरहेको पानी पार्ने प्रणालीले पूर्वी नेपालमा वर्षा गराउने सम्भावना रहेको छ। 

प्रतिक्रिया