गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ १०:५४

दुध बिक्री गरेर हिमालीका पाण्डेको मासिक ३० हजार आम्दानी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ०७, २०८२
दुध बिक्री गरेर हिमालीका पाण्डेको मासिक ३० हजार आम्दानी

बाजुरा : बाजुराको हिमाली गाउँपालिका-६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आएका छन्। सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैँसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आएका हुन।

पहिलादेखि गाउँमै बस्ने र भैँसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आएका छन्। उनी कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै गएका छैनन्।

उनले गाउँमै भैँसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गर्दै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्दै आएका हुन्। यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैँसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाए।

अहिले उनको छोरा गाउँकै भवानी माविमा पढाउछन। गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्खामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका-६ धिमका विन्दराज पाण्डेले बताए। उनले भने, “अहिले मैले घरमा सधैं दुई भैँसी पाल्ने गर्छु। एक दुनु भए अर्को वियाउने हुन्छ ।

यसलेगर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन। यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रोसँग पढाएको छु।” अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ। रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैँसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रोसँग चलेको पाण्डेले बताउछन्।

गाउँमा राम्रो भैँसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका र ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैँसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।

प्रतिक्रिया