गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ १०:५६

कैलालीमा जुम्ल्याहा दिदीबहिनी सहित नहरमा डुबेर तीन बालिकाकाे मृत्यु

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ०७, २०८२
कैलालीमा जुम्ल्याहा दिदीबहिनी सहित नहरमा डुबेर तीन बालिकाकाे मृत्यु

धनगढी ः कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ काे रानी जमरा कुलरिया सिचाइ आयाेजनाकाे नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकराज जाेशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईकाे मृत्यु भएको बताए ।

बजगाई जुम्ल्याहा दिदीबहिनी हुन् । नहरमा डुबेकाे अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्युु भएको उनले बताए । तीनै जनाकाे शव अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया