अछाम : कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी एक किशोरीको शव अछामको रहफमा फेला परेको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका-७ माल्कोटकी १५ वर्षीया किशोरी सिर्जना बटालाको शव ८ दिनपछि कर्णाली किनारमा शव फेला परेको हो।
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका-१ रहफको तल्लो डुंगेश्वर नजिक रहेको बुढाबालुवा भन्ने स्थानमा मङ्गलबार साँझ शव भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
खुलालु बजारका व्यापारी अनिपाल बटालाकी जेठी छोरी सिर्जना हाल सुर्खेतको वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत रहेकी बताइएको छ। दसैँ मनाउन घर आएकी सिर्जनाको घटनाको कारण बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
प्रतिक्रिया