गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३९
Dho

बडीमालिकामा ८ सय बढी तीर्थालुको उपचार

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ १५, २०८०
बडीमालिकामा ८ सय बढी तीर्थालुको उपचार

बाजुरा : बाजुरामा बडीमालिका स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी तीर्थालुको उपचार गरेको छ । बडीमालिका तीर्थयात्राको अवसरमा सञ्चालन गरिएको विशेषज्ञ डाक्टर सहीतको शिविरमा ८६६ जनाको उपचार गरिएको हो । 

धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा नेपाली सेना दुर्गाभञ्जन गुल्म बाजुराले निःशुल्क शिविर सञ्चालन गरेको् थियो । फिल्ड एम्बुलेन्स गुल्मका डाक्टर सहीतको टिमले भाद्र ११ गतेदेखि १३ गते सम्म विविर सञ्चालन गरिएको दुर्गाभञ्जन गुल्मले जनाएको छ ।

जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा दर्श गर्न जाने तीर्थयात्रीहरुलाई पर्ने स्वास्थ्य असरलाई सहज बनाउन विशिर सञ्चालन गरिएको बताईएको छ । तीर्थालुलाई लेक लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, चिसोले स्वास्थ्य खराब हुने जस्ता धेरै समस्यालाई समाधानका लागि डाक्टर सहीतको स्वास्थ्य शिविर सञ्चालन गरिएको गुल्मपति धमेन्द्र सिंहले बताएका छन् । 

अग्लो टाकुरामा अर्थात ४२१२ मिटरको उचाईमा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्न हजारौंको संख्यामा दर्शनार्थी जाने गर्दछन् । दर्शनार्थीहरुको स्वास्थ्यमा पर्ने असरलाई निराकरण गर्न निःशुल्क सेवा उपलब्ध गरिएको उनको भनाई छ ।

शिविरमा जटील तथा सिकीस्त विरामीलाई उद्धार गरि थप उपचारका लागि अन्य अस्पताल सम्म पुर्यान नेपाली सेनाको हेलिकप्टको पनि व्यवस्था रहेको थियो । स्वास्थ्य शिविरमा विभिनन समस्याका पुरुष ५४५ र महिला ३२१ गरि ८६६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । भने ९५५ जनालाई स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको हो ।

शिविरमा जटील खालका ५ जना विरामीलाई मेडिकल क्याम्पमा उपचारपछि नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि सुविधा सम्पन्न जिल्ला अस्पताल तथा अन्य अस्पतालमा पुर्याईएको थियो । जस मध्ये कर्णाली प्रदेश कालिकोट जिल्ला कलापा गाउँपालिका १ बाट दर्शन गर्न गएका ३९ वर्षीया धनप्रसाद न्यौपाने त्रिवेणी पाटनको एउटा खोलामा बेहोस अवस्था भेटिएकोमा उनलाई शिविरमा उपलब्ध सेवा दिएको थियो । न्यौपानेलाई त्याहा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पता बाजुरा ल्याएका थिए ।

जिल्ला अस्पताल बाजुरामा पनि उपचार सम्भव नभएपछि सुर्खेत क्षेतीय अस्पताल रिफर गरिएकोमा सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेश बझाङ्ग जिल्ला जयवृथ्वी नगरपालिका ९ देवलका ६५ वर्षीय झुपूदेवि धामीलाई हाईअल्टिच्युड सिक्नेश भई बेहोस अवस्थामा फेला पारिएकोमा मेडिकल क्याम्पमा अक्सिजन सहीत उपचार पश्च्यात धामीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत जिल्ला अस्पतालमा ल्याई उपचारपछि घर फर्किएकी थिइन् ।

त्यसैगरी बाजुरा जिल्ला त्रिवेणी नगरपालिकाका १ का २३ वर्षीया भरत बुढा अचेत अवस्थामा फेला पारि मेडिकल क्याम्पमा ल्याईएको र उपचारका क्रममा अकस्मात निधन भएको हुँदा सेनाको हेलिक्पर मार्फत शव जिल्ला अस्पताल ल्याई पाेष्टमाटमपछि आफन्तको जिम्मा लगाएकाे हाे । बडीमालिकामा स्वास्थ्य शिविर सञ्चालनले धेरै तीर्थालुहरुले स्वास्थ्य परीक्षण लगायतका सेवा लिएका थिए ।  

प्रतिक्रिया