बाजुरा ः हुम्लाबाट सुर्खेत जादैँ गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना भएको छ । बिहीबार दिउँसो कर्णाली करिडोर राजमार्ग अन्तर्गत जगन्नाथ गाउँपालिका बेर्मा बजार नजिकै बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हुम्लाबाट सुर्खेत जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको हो । बसमा २३ जना सवार रहेका थिए । उक्त दुर्घटनामा परेर ३ जना यात्रु घाइते भएका छन् भने अन्य यात्रु सकुसल रहेको छन् ।
घाइते हुनेहरुमा मुगुको रारा छायानाथ नगरपालिका-३ का १८ वर्षीया विशाल विक, दैलेखको दुल्लु नगरपालिका-२ की दिपा सोनाम र बाजुराको जगन्नाथ गाउँपालिका-६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया