गाैमुल खबर डटकम सोमबार २७, असोज २०८२ १०:४०

डोटीमा दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज २५, २०८२
डोटीमा दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

धनगढी ः डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-२ मा शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताए ।

उनका अनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । तीव्र गतिमा रहेको ईभी अनियन्त्रित भएर दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया