बाजुरा ः जिल्लामा एक बेवारिसे शव फेला परेको छ । हिमाली गाउँपालिका-६ झुगाला स्थित कर्णाली नदी किनारामा शव फेला परेको हो ।
नाम ठेगाना नखुलेको अन्दाजी २२ वर्षीया महिलाको वेवारिसे शव कर्णाली नदीमा फेला परेको हो । कर्णाली नदीमा बेवारिसे शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी धुलाचौरबाट खटिएको टोलीले उक्त बेवारिसे महिलाको शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त बेवारिसे शव कर्णाली नदी किनारमा दुई ढुंगाको बीचमा सडेगलेको अवस्थामा फेला परेको हो । अहिले उक्त बेवारिसे शव कोल्टी अस्पतालमा ल्याएर आवश्यक अनुसन्धान प्रहरीले जारी राखेको छ ।
प्रतिक्रिया