बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका-१ मा जीप दुर्घटना भएको छ । बुधबार दिउँसो कर्णाली करिडोरमा रहेको एक ग्यारेजमा जीप मर्मत गरी सडकमा चेक गर्ने क्रममा जीप दुर्घटना भएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका-२ बस्ने दील बहादुर बुढाले चलाएको सु.प.प्र.०१-००१ ज १२३२ नम्बरको जीप दुर्घटनामा परेको हो । एक्कासी अनियन्त्रित भएर सडकबाट करिब ७५ मिटर तल खस्दा जीपमा सवार दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी गौमुल गाउँपालिकाका अन्दाजी १८ वर्षका सन्तोष बोहरा र ठेगाना नखुलेका सुदीर कुमार घाइते भएका छन् ।
उनीहरुको टाउँको र खुट्टामा चोट लागेको छ । घाइतेलाई यता बुढीनन्दा नगरपालिका स्थित कोल्टी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै जीप चालक भने सकुशल रहेका छन् । घाइतेको अवस्था मध्यम खालको रहेको छ ।


प्रतिक्रिया