गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:५२

इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १९, २०८२
इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो

काठमाडौं : इमालका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो । घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको समयमा पहिरो गएकाले बिहानैदेखि उद्धार भइरहेको छ ।

इलामकै माङ्सेबुङ गाउँपालिका १ मा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर मगाइएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका ५, घोसमा एकैघरमा ५ जनाको मृत्यु भएको छ।

यता सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्। माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन्।

माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती र १ पुरुष गम्भीर घाइते भएका छन् भने फाकफोकथुम ३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया