गाैमुल खबर डटकम बिहीबार २३, असोज २०८२ ०१:५७

बडीमालिका क्याम्पसका लेखापालको निधन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १७, २०८२
बडीमालिका क्याम्पसका लेखापालको निधन

बाजुरा ः सुदूरपश्चिम विश्वविद्यालय बडीमालिका क्याम्पस बाजुराका लेखापाल लालबहादुर रावलको निधन भएको छ । बुढीगंगा नगरपालिका-८ स्थायी घर भएका लेखापालको एकाएक निधन भएको हो ।

उपचारको क्रममा काठमाण्डौं स्थित वीर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । अल्पआयुमा रावलको निधन भएपछि सामाजिक सञ्जालमा शुभचिन्तकले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनको हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । रावल विगत १५ वर्षदेखि बडीमालिका क्याम्पस फालासैनमा कार्यरत रहेका थिए । 
 

प्रतिक्रिया