बाजुरा ः गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले सकारात्मक सोच, आपसी सद्भाव र सामाजिक एकताको भावना बोकेर दसैं पर्व मनाउन सबैमा आग्रह गरेकी छन् ।
विजय, विश्वास, एकता र सहिष्णुताको प्रतीक दसैं पर्वले समाजमा सकारात्मक सोचको विकास गर्ने विश्वास उनले व्यक्त गरिन् ।
संगम स्मृति युवा क्लबद्वारा आयोजित महिला-पुरुष भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएकी हुन् ।
उनले दसैंले आपसी सद्भाव, एकता, शान्ति र प्रगतिको नयाँ सन्देश दिनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमहरू सामाजिक एकता र युवाको सशक्तीकरणमा टेवा पु¥याउने उल्लेख गरिन् ।
“खेलाडी भनेका पालिका र देशकै गहना हुन्,” उपाध्यक्ष थापाले भनिन्, “त्यसैले खेल क्षेत्रमा अनुशासनको पालना अत्यावश्यक छ ।”
उनले युवाहरूलाई सकारात्मक सुझाव सहित विकास निर्माणमा सहयोग गर्न आह्वान गर्दै पहाडको राजा मानिने भलिबल खेल पहाडी जिल्लाहरूका लागि भविष्य नभए पनि अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रमका क्रममा उनले संगम स्मृति युवा क्लबलाई अझ उचाइमा पुर्याउन हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
साथै, युवाको काँधमा देशको भविष्य रहेको भन्दै आफ्नो विवेक र क्षमतालाई सकारात्मक दिशामा प्रयोग गर्न पनि अपिल गरिन् ।
प्रतिक्रिया