गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:२४

चाडपर्वको भत्ता उपलब्ध गराउन माग राख्दै अस्पताल बाजुराका करार कर्मचारीले बुझाए ज्ञापनपत्र

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज ०९, २०८२
चाडपर्वको भत्ता उपलब्ध गराउन माग राख्दै अस्पताल बाजुराका करार कर्मचारीले बुझाए ज्ञापनपत्र

बाजुरा ः जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनु पर्ने माग गरेका छन् । बिहीवार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ “नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ भन्ने स्पष्ट छ, र विगतका वर्षहरुमा चाडपर्व भत्ता प्रदान गर्दै आएको थियो ।

तर यस आर्थिक वर्ष ०८२-०८३ मा करार कर्मचारीहरुलाई चाडपर्व भत्ता उपलब्ध गरिएको छैन ।” त्यस्तै, जिल्ला अस्पतालका कर्मचारीहरु लेखराज पाण्डेले आफूहरुमा ठूलो निराशा, असमान व्यवहारको अनुभूति भएको भन्दै यो अन्यापूर्ण र विद्यमान श्रम ऐन विपरित भएको बताएका छन् ।

उनले समान काम गर्ने स्थायी कर्मचारीहरुले पाउने सुविधा तत्काल करार सेवाका कर्मचारीहरुले पनि पाउनु पर्ने माग राखेका छन् ।

त्यसैगरी, अस्पतालका करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराएर कर्मचारीमैत्री वातावरण गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले कर्मचारीहरुको माग सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया