गाैमुल खबर डटकम सोमबार ०३, कार्तिक २०८२ ११:२२

रुपन्देहीकी शिक्षिका बाजुराबाट बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज ०७, २०८२
रुपन्देहीकी शिक्षिका बाजुराबाट बेपत्ता

बाजुरा ःरुपन्देही जिल्ला सैनामैना नगरपालिका-६ मायापथ सुन्दरबस्तीकी सीता मरासिनी बाजुराबाट विगत ८ दिनदेखि बेपत्ता भएकी छन् ।

करिब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका-२ छुदरी स्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्क बिहीन भएको परिवारले जनाएको छ ।

उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीका अनुसार विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन् ।

अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि हामीले निरन्तर खोजी गरिरहेका छौँ तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाई रहेको छ ।

परिवारले मरासिनीलाई कतै फेला पारेपछि ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेको छ ।
 

प्रतिक्रिया