काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद विस्तारकाे तयारी गरेकी छन् । हालकाे ४ सदस्यीय मन्त्रीपरिषदमा उनले कम्तिमा ४ जना थप्ने तयारी गरेकी हुन् । आन्दोलनकारी विभिन्न स्टेकहोल्डरसहितको सल्लाहमा आज साँझसम्म ४ मन्त्रीहरुको नाम लगभग टुंगो लागेकाे छ ।
यद्यपि राष्ट्रपति कार्यालयमा पठाइएकाे छैन । भाेलि उनीहरुलाई नियुक्त गरेर सपथग्रहणकाे तयारी रहेकाे स्राेतले बतायाे । हालसम्म स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा,आविश्कार वैज्ञानिक महाविर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हालगायतको करिब फाइनल भएको वार्तामा सहभागीले बताए ।
स्वास्थ्य मन्त्रीमा मिश्रा, विज्ञानमा महावीर, सञ्चारमा खरेल र कानूनमा सिन्हाको सम्भावना देखिएको हाे । यी बाहेक जेनजी आन्दोलनकारीकै प्रतिनिधित्व पनि गराउन दबाब छ, तर कसलाई आधिकारिक मान्ने भन्ने विवादले सिंहदरवारमा बबण्डर भइराखेको छ ।
प्रतिक्रिया