गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ०१:१८

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज ०५, २०८२
मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाडौं : शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ । मुग्लिन नजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौँ गाडी र यात्रु जाममा परेका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयले चालकहरूलाई लेन अनुशासनमा रहेर गाडी चलाउन अपिल गरेको छ । पहिरो सफा गरे पनि सो क्षत्रमा ढुंगा झर्ने जोखिम कायमै छ ।

तत्कालका लागि एकतर्फी गाडी सञ्चालन गर्ने र अस्तिदेखि नै रोकिएका गाडीहरू पार गराएपछि दुईतर्फी बाटो खोल्ने योजना रहेको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया