बाजुरा ः गौमुल गाउँपालिकाले संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा विभिन्न कार्यक्रम गरेर मनाएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् ।
कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत भट्टले सम्पूर्ण गाउँपालिकाबासी दाजुभाई तथा दिदीबहिनीहरू, जनप्रतिनिधिहरू, कर्मचारी साथीहरू, विद्यार्थी, शिक्षक, बुद्धिजीवी वर्ग, र सबै सम्माननीय नागरिकहरुमा शुभकाना व्यक्त गरेका छन् ।
आज हामी सबै नेपालीले गर्वका साथ नेपालको संविधान दिवस २०८२ औपचारिक रूपमा मनाइरहेका छौं । यो दिन हाम्रो राष्ट्रिय गौरव, लोकतान्त्रिक यात्राको उपलब्धि र जनताको बलिदानीको प्रतीक भएको बताएका छन् ।
नेपालको संविधान २०७२ केवल कानुनी दस्तावेज मात्र होइन, यो समावेशी, संघीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र नेपालको जीवन र मार्गदर्शक सिद्धान्त समेत भएको उल्लेख गरेका छन् ।
यस संविधानले हामीलाई अधिकार, दायित्व र अवसर तीनवटै सुनिश्चित गरेको छ । गाउँदेखि राजधानीसम्म सबै नागरिकलाई समान हैसियतमा हेर्ने मार्ग प्रशस्त गरिएको उनको भनाई रहेको थियो ।
पालिकाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गरेर जनताको जीवनस्तर उकास्न धेरै काम गरेका छौं र अझ धेरै गर्न बाँकी रहेको लेखा अधिकृत भोजराज भट्टले बताएका छन् ।
गौमुल गाउँपालिकाले संविधानको मर्म अनुसार सुशासन, पारदर्शीता, नागरिक सहभागीता, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार जस्ता जनसेवामा विशेष प्राथमिकता दिँदै काम गरिरहेको छ ।
गाउँपालिकामा नेपालको नक्सा जारी गरी दीप प्रज्वलन गरेर कार्यक्रम मनाईएको हो । उक्त कार्यक्रममा गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय, पत्रकार लगायतको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया