गाैमुल खबर डटकम बिहीबार ०२, असोज २०८२ ०८:५२

शैक्षिक गुणस्तर सुधारमा तल्लीन छौं : शिअसंघ अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज ०२, २०८२
शैक्षिक गुणस्तर सुधारमा तल्लीन छौं : शिअसंघ अध्यक्ष रोकाया

बाजुरा ः अम्लिस माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हिक्मत रोकायाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन नियमित तल्लीन रहेको बताएका छन् ।

विद्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विद्यालय व्यवस्थापन समितिको सिंगो टिम विद्यालयको सर्वाङ्गीण विकासका लागि प्रयासरत रहेको उल्लेख गरेका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि एक्लै विद्यालय व्यवस्थापन समिति मात्र नभएर आम अभिभावक, शिक्षक र विद्यार्थीको इच्छाशक्ति हुनुपर्नेमा जोड दिएका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि फेरि पनि उठेर एकजुट भएर अघि बढ्ने विद्यालय व्यवस्थापनका अध्यक्ष समेत रहेका वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

अम्लिस माविको सार्वजनिक सुनुवाइ

प्रतिक्रिया