बाजुरा ःभलिबल प्रशिक्षक रुपेश विष्टको "जाले रुमाल" नामक म्युजिक भिडियो OSR डिजिटल अफिसियल च्यानलबाट भिडियो सार्वजनिक भएको छ। "जाले रुमाल" आधुनिक प्रेमिल म्युजिक भिडियो हो।
जसमा स्वर रुपेश विष्ट,शब्द डिपी खनाल, संगीत,एरेन्ज, मिक्सिङ सुवाशचन्द्र जैशीको रहेको छ। दाजुभाइ स्टुडियोमा रेकर्ड भएको उक्त म्युजिक भिडियोमा अभिनय सागर खनाल, लक्ष्मी विष्ट,रुलवी विष्ट र गायक रुपेश विष्टको समेत रहेको छ ।
अभिनयमा रहेका लक्ष्मी विष्ट रुपेश विष्टको श्रीमती र रुवीला विष्ट उनको छोरी हुन। निर्देशन र सम्पादन दामोदर गजुरेलको रहेको छ। रुपेश विष्ट पेशाले भलिबल प्रशिक्षक हुन् । हाल उनी नेपाल प्रहरीको महिला भलिबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा कार्यरत छन्।
उनी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक समेत हुन् । भलिबल खेलाडीको रुपमा सात वर्ष भन्दा बढी कोर्टमा बिताएका उनीपछि खेलकै क्रममा घाइते भएपछि प्रशिक्षकको रुपमा भलिबलमै समर्पित भए । उनले खेलाडी र प्रशिक्षको रुपमा भलिबलमा समर्पित भएको २७ वर्ष भएको छ।
नेपाल प्रहरीको महिला टोलीमा उनी केहि समय सहायक प्रशिक्षक रुपमा रहे त जब उनले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए सुरुका दिनहरू कठिन भएपनि पछि उनले नेपाल पुलिस क्लवकाे महिला टोलीलाई भने एउटा उचाईमा पुर्याए ।
घरेलु मैदानमा उनी दर्जनौं पटक उत्कृष्ट प्रशिक्षक अवार्ड बाट सम्मानित भएका छन् । सानैदेखि गायनमा रुचि भएपनि पछि उनी भलिबलमा समर्पित भएपछि र नेपाल प्रहरी जस्तो गरिमामय संगठनमा जोडिएकोले समेत उनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा उनले आफ्नो रुचिको पेशा भएपनि गायनलाई अगाडी बढाउन सकेका थिएनन्।
आफ्नो पेशामा कटिबद्ध उनले परिवार लाई समेत चाहे बमोजिम समय दिन पाएनन् र घरमा उनको श्रीमतीले समेत यस्तो राम्रो गाउँन सक्ने भएपनि गायनमा अघि नबढेको गुनासो आइरहेको र श्रीमतीको चाहाना लाई नै पुरा गर्न उनलाई नै समर्पित गर्दै जाले रुमाल रेकर्ड गरेको उनले बताए।
एउटा काममै शिलशिलामा संगीतकार सुभास जोशीसंग भेटपछि भने उनको सल्लाह र उर्जाले "जाले रुमाल" रेकर्ड गरेको विष्टले बताए। आफ्नो मुख्य पेशा भलिबल भएको र अब आउने दिनमा भलिबलबाट बचेको समयलाई सदुपयोग गर्दै दर्शक, श्रोताले माया गरे अन्य गीतहरू समेत बजारमा ल्याउने भएका छन् ।
प्रतिक्रिया