गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४५
Dho

बुढीनन्दा नगर कार्यपालिकाको बैठक धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दामा बस्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ११, २०८०
बुढीनन्दा नगर कार्यपालिकाको बैठक धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दामा बस्ने

बाजुरा : जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । 

बैठक भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरिसकेपछि बुढीनन्दा मन्दिरको परिसरमा बस्ने नगर प्रवक्ता जंगवीर रोकायाले बताएका छन् । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागी उक्त बैठक राखिएको हो । 

धार्मिक आस्थाको धरोहर बडीमालिकासंगै बुढीनन्दा पनि पर्ने भएकाले प्रचारप्रसारका कारण बुढीनन्दा आझेलमा परेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । नगर सरकाले उक्त क्षेत्रको प्रचार प्रसारमा कमी नगर्ने समेत बताए । 

बुढीनन्दा नगरपालिकाबाट पूजा सामाग्री सहितको सरकारी टोली आइतबार बुढीनन्दा प्रस्थान गरेको थियो । जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बुढीनन्दामा मुख्य पूजाआजा गरिने प्रचलन रहेको छ । बुढीनन्दामा पहिलोपटक जिल्लाबाट पुजा सामाग्री सहितको सरकारी टोली गएको छ । 
 

प्रतिक्रिया